प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख देवराज घिमिरे रबर स्ट्याम्प बनेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभा बैठकमा कांग्रेसको अवरोधकैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथौपटक विश्वासको मत लिएपछि उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘संसदमा आज सभामुख देखिँन । देखिरहेको छु रबर स्ट्याम्प बनाएर कसैले मर्यादाको चिरहरण गरेको अँध्यारो चित्र मात्र ।’
आजको दोस्रो बैठकमा कांग्रेसका सांसदको विरोध र नाराबाजीबीच प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए । बैठकमा अन्य विपक्षी दलहरुले समेत आशनबाट उभिएर विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा प्रधानमन्त्रीका पक्षमा एक सय ५७ मत, विपक्षमा शून्य र मत दिन्न भन्ने प्रस्तावमा एक मत खसेको थियो । विश्वासको मत प्रक्रियामा एक सय ५८ सांसद सहभागी भएको सभामुख घिमिरेले जानकारी गराए ।





























प्रतिक्रिया