गिरीबन्धु टि–इस्टेटको जग्गा प्रकरणमा छानविन गर्न तयार छु -गृहमन्त्री लामिछाने

गिरीबन्धु टि–इस्टेटको जग्गा प्रकरणमा छानविन गर्न तयार छु -गृहमन्त्री लामिछाने

केन्द्रबिन्दु
24
Shares

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले झापास्थित गिरीबन्धु टि–इस्टेटको जग्गा घोटाला प्रकरणमा छानविन गरेर दोषीलाई कारवाहीको दायरमा ल्याउन आफू तयार रहेको बताएका छन् ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक विश्वासको मत पाएपछि संसद बाहिर बोल्दै गृहमन्त्री लामिछानेले दोषीलाई कारवाही गर्न आफू तयार रहेको बताएका हुन् । आइतबार संसदमा बोल्दा तत्कालिन ओली नेतृत्व सरकारले गरेको उक्त घोटालामा नबोलेको उनीमाथि आरोप थियो । आज सञ्चारकर्मीसँग कुरा गर्दै सो जवाफ दिएका हुन् ।

साथै उनले संसदमा सम्बोधन गर्ने क्रममा आफूले कसैलाई आरोप वा धम्की नदिएको पनि बताएका छन्।

Logo