चलचित्र ‘घर’ को फस्टलुक यस्तो देखियो, प्रदर्शन मिति तोकियो

चलचित्र ‘घर’ को फस्टलुक यस्तो देखियो, प्रदर्शन मिति तोकियो

केन्द्रबिन्दु
0
Shares

डीएस डिजिटलको प्रस्तुतिमा तयार भएको चलचित्र ‘घर’को फस्टलुकसँगै प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र साउनको ३ गतेबाट रिलिज हुने भएको छ ।

यो चलचित्रलाई अर्पण थापाले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा शर्मिला पाण्डेको लगानी छ । चलचित्रमा निर्देशक अर्पण थापाको साथमा नायिका बेनिशा हमाल, सुरक्षा पन्त लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रलाई हरर कथामा तयार पारिएको छ । निर्मात्री शर्मिला पाण्डे चलचित्र निकै नै राम्रो बनेको बताउँछिन् । उनले भनिन्–‘चलचित्र हेर्दा दर्शक डराउने पक्का छ । हामीले उत्कृष्ट चलचित्र बनाएका छौ ।’

चलचित्रको फस्टलुकमा पनि एक यूवतीको डरलाग्दो अवतार देखाइएको छ ।

Logo