बाटोमा फोहोरको गाडी रोकिएको भन्दै ट्राफिक प्रहरीको फन्दामा परेका काठमाडौं महानगरपालिकाका फोहोर बोक्ने गाडीका चालक स-सम्मान रिहा भएका छन् ।
काठमाडौं महानगरका मेयर बालेन शाहले अब सिंहदरबारलगायत सबै पार्टी कार्यालयको र नेताहरूको घरको फोहोर नउठ्ने चेतावनी दिएलगत्तै पक्राउ परेका ४ चालक रिहा भएका हुन् । यसको जानकारी पनि बालेनले नै दिएका छन् ।
‘फोहोरको गाडी चलाउने चालकलाई स-सम्मान छोडेको खबर पाए । जो कोहीले यत्ति बुझ्नुहोला – पदमा तलमाथि होला, भूमिकामा तलमाथि होला । तर नियम, कानून र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरबासीको आत्मसम्मान हुन्छ । त्यसमा कसैले सम्झौता गर्न पाइँदैन । काठमाण्डौ महानगर यसमा संवेदनशील छ । अझ आफ्नो कर्तव्य निभाई रहेका आफ्ना कुनै कर्मचारी अनाहकमा अपमान महानगरले सहँदैन । बुझेर कदम चाल्नुहोला ।’ उनले भनेका छन् ।





























प्रतिक्रिया