सहकारी प्रकरण: टीओआरको टुंगो लगाउन कार्यदलको बैठक बस्दै

सहकारी प्रकरण: टीओआरको टुंगो लगाउन कार्यदलको बैठक बस्दै

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । सहकारी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन गठित कार्यदलको बैठक आज बस्दैछ।

बैठक बिहान ९ बजे कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने बताइएको छ।

शनिबार गठित कार्यदलले आइतबार बिहानदेखि साँझसम्म छलफल गरेपनि क्षेत्राधिकारका विषयमा कुरा नमिल्दा बैठक बिना निष्कर्ष टुंगिएको थियो।

संसदीय छानबिन समितिको कार्यादेशका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच कुरा मिल्न सकेको छैन।

सहकारी छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलका सदस्यमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपाका नेता शिशिर खनाल रहेका छन्।

Skip This
Skip This
Logo