प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को पटक नेकपाले सिङ्गो दुई तिहाइ ल्याउने ठोकुवा गरेका छन् । शुक्रबार २६ औँ मदन आश्रित स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामी बहुमतका साथ सरकारमा छौँ तर बहुमत कतिलाई पचेको छैन । "/>

‘अर्को पटक नेकपाले सिङ्गो दुई तिहाइ ल्याउँछ’- प्रधानमन्त्री

‘अर्को पटक नेकपाले सिङ्गो दुई तिहाइ ल्याउँछ’- प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को पटक नेकपाले सिङ्गो दुई तिहाइ ल्याउने ठोकुवा गरेका छन् ।

शुक्रबार २६ औँ मदन आश्रित स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामी बहुमतका साथ सरकारमा छौँ तर बहुमत कतिलाई पचेको छैन । अर्को पटक नेकपाको एकल दुई तिहाइ पुग्छ ।’  प्रधानमन्त्री ओलीले नेताहरु धन कमाउन कुदेका नभई भ्रष्टाचार नगर्ने र गर्न नदिनेमा आफू रहेको बताए।

पार्टी एकताबारे बौल्दै प्रम ओलीले चित्त नदुखाइ फराकिलो मन बनायर पार्टी एकतालाई मजबुत बनाउनु पर्ने जिकिर गरे । ‘अब केही दिनमा बाँकी काम टुङ्गिन्छन् । हामी महान अभियानमा छौँ । सरकार जनताको चाहना अनुरुप अगाडि बढेको छ,’ उनले भने । ओलीले लोकतन्त्रलाई अराजकता र स्वतन्त्रताको परिभाषाभित्र राख्न नमिल्ने बताएका छन् ।

उनले सरकारले गरेका राम्रा कामबाट अत्तालिएर राष्ट्रिय एकता हुन नदिने विभिन्न षड्यन्त्र भइरहेको भन्दै नेपाली समाजलाई विद्वेष र घृणा फैलाउने षड्यन्त्रहरु भइरहेको भन्दै देश बनाउने महान् अभियान चुनौतिपूर्ण रहेको बताए । ‘जनताको आन्दोलन देख्न नरुचाउने शक्तिहरुले एकता भत्काउन लागेका छन् । सरकार र नेकपा लोकतन्त्र, समुन्नत र अनुशासित समाजको पक्षमा हिँडिरहेको बेला अराजक र असभ्य समाज बनाउने प्रयास देश–विदेशबाट भइरहेपनि त्यो षड्यन्त्र सफल हुन नदिने दावी गरे । ‘प्रतिकृयावादी शक्ति सफल हुने छैनन । पार्टी एकताबद्ध छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले राष्ट्रपतिबाट आएको सम्बोधनमार्फत आएको नीति तथा कार्यक्रममा काँग्रेसले शब्दलाई लिएर अनावाश्यक टिप्पणी गरेको बताए । ‘कुवाबाट आकाश जत्रो देखिन्छ त्यत्रै मात्र छ भन्नु हुँदैन । भारतमा पनि त्यस्तै राष्ट्रपति संस्था रहेको छ र सम्बोधन गर्ने प्रचलन छ । तर यहाँ बहुतै स्याल हुइँया मच्चाइयो । बुद्धिजीवी पनि यसमा कुदे,’ ओलीले भने ।

Skip This
Skip This
Logo