असारमा ‘नेपाल–अफ्रिका फिल्म फेस्टिभल’

असारमा ‘नेपाल–अफ्रिका फिल्म फेस्टिभल’

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । आगामी असारको पहिलो साता काठमाडौंमा १२ औं संस्करणको ‘नेपाल–अफ्रिका फिल्म फेस्टिभल–२०२४’ आयोजना हुने भएको छ।

कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन (सीजेएमसी) र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकाश बोर्डको सह–आयोजनामा हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको सीजेएमसीकी प्रिन्सिपल डा. मञ्जु मिश्रले जानकारी दिइन्।

महोत्सवका लागि यसपटक १५ भन्दा बढी अफ्रिकी मुलुकका चार दर्जन भन्दा बढी अफ्रिकन फिल्म, सर्ट फिल्म तथा वृत्तचित्र प्राप्त भएका छन्। यीमध्ये बढीमा एक दर्जन अफ्रिकी फिल्मलाई समावेश गराईने भएको छ। महोत्सवमा प्राप्त अफ्रिकन फिल्महरुलाई अहिले निर्णायक टिमले हेरिरहेको छ।

‘हामीले नेपाल र अफ्रिकाको संस्कृति आदानप्रदानसँगै फिल्मबाट दुई फरक महाद्विपलाई जोड्न १३ वर्ष अघिबाट यो महोत्सव निरन्तर आयोजना गर्दै आएका छौं। महोत्सवले अफ्रिकालाई अफ्रिकन लेन्सबाटै हेरिनु पर्छ भन्ने हाम्रो उद्देश्य रहेको छ,’ महोत्सवकी अध्यक्षसमेत रहेकी अध्यक्ष डा. मिश्रले भनिन्।

महोत्सवका लागि नेपालका फिल्म, सर्ट फिल्म, वृत्तचित्र, आदिवासी फिल्म र विद्यार्थी फिल्महरु समावेश गर्ने अन्तिम मिति यही १५ जेठसम्म राखिएको महोत्सव निर्देशक डब्बु क्षत्रीले बताए।

Skip This
Skip This
Logo