कैलाश सिरोहियाकाे पक्राउबारे बाेले प्रधानमन्त्री प्रचण्ड

कैलाश सिरोहियाकाे पक्राउबारे बाेले प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
60
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउमा सरकारको हात नरहेको बताएका छन् ।

हिमाल, मानिस र जलवायुसम्बन्धी विज्ञहरूको अन्तर्राष्ट्रिय संवाद कार्यक्रमपछि पत्रकारहरूसँग चन्द्रागिरीमा संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘अदालतले प्रक्रिया अगाडि बढाऊ भनेपछि अदालती प्रक्रिया बुझ्या छु मैले । यो बढ्ता होहल्ला गर्न जरुरी लाग्दैन मलाई ।’

सरकारले कुनैपनि प्रतिशोध राखेर पक्राउ नगरेको पनि उनले प्रष्टीकरण दिए । ‘त्यो गलत कुरा हो । उहाँसँग केको रिसइबी ? अदालती प्रक्रियाबाट उहाँ निर्दोष हुनुहुन्छ भने सजिलै छुट्नुहुन्छ । यो हल नै भइहाल्छ ।’ उनले भने ।

नागरिकतासम्बन्धी कसुरमा गर्न धनुषाका जिल्ला न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले पक्राउ पुर्जी जारी गरेलगत्तै सिरोहिया मंगलबार आफ्नै कार्यकक्षबाट पक्राउ परेका थिए ।

Logo