धनुषा । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहिया पक्राउको विरोधमा नेपाली काँग्रेसको विद्यार्थी संगठन नेविसंघ प्रदर्शनमा उत्रिएको छ ।
बुधबार नेविसंघले धनुषा अदालतअगाडि नाराबाजी सहित प्रदर्शन गरेको हो । प्रदर्शनमा नागरिक समाज धनुषाको ब्यानरमा उद्योग वाणिज्य संघ पनि सहभागी छ। राजनीतिक प्रतिशोध साँधिएको भन्दै नाराबाजी र प्रदर्शन गर्दै निषेधित घेरा तोड्न थालेपछि प्रहरीसँग विवाद पनि भएको थियो ।
नागरिकता विवादमा सिरोहिया मंगलबार आफ्नै कार्यकक्षबाट पक्राउ परेका थिए । उनलाई हाल धनुषा लगिएको छ ।































प्रतिक्रिया