पाँचथरका पत्रकारहरुको आन्दोलनमा स्थानीय प्रशासनले अवरोध गरेको छ।
नेपाल प्रेस युनियन जिल्ला शाखा पाँचथरको अगुवाइमा बिहीबार धर्ना दिन जिल्ला प्रशासन कार्यालय परिसरमा पुगेका पत्रकारलाई प्रहरीले अवरोध गरेको हो ।प्रशासनको गेट भित्र प्रवेश गरेर कार्यालयको मुल ढोकामा धर्ना दिन हिँडेका पत्रकारलाई जनपथ र सशस्त्र प्रहरीले धकेल्दै र ठेल्दै अवरोध गरेका थिए ।
जिल्ला प्रशासन परिषरमै आयोजित कोणसभामा सम्वोधन गर्दै पत्रकारहरुले दुई तिहाइको दम्भमा सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल विधेयक फिर्ता नगर्दासम्म आन्दोलन नरोकिने चेतावनी दिए।
प्रहरी लगाएर पत्रकारलाई दमन गर्न खोज्नुले सरकार र प्रशासनको अलोकतान्त्रिक चरित्र झल्किएको पनि उनीहरुको भनाइ थियो ।































प्रतिक्रिया