विप्लव समूहका केन्द्रीय सदस्यद्वारा पार्टी परित्याग

विप्लव समूहका केन्द्रीय सदस्यद्वारा पार्टी परित्याग

केन्द्रबिन्दु
0
Shares

मकवानपुर,

सरकारले धमाधम पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक जना केन्द्रीय सदस्यले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

नेकपाका केन्द्रीय सदस्य तथा मकवानपुरका पूर्वअध्यक्ष दलबहादुर बज्यु ‘डिबी’ले पार्टी परित्याग गरेका हुन् । बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै उनले पार्टीले अवलम्बन गरेको नीतिसँग असहमति जनाउँदै पार्टी परित्याग गरि स्वतन्त्र भएको बताएका छन् ।

‘पार्टीको युवा संगठन, मकवानपुरको पूर्व अध्यक्ष एवम् केन्द्रीय सदस्यको जिम्मेवारी समाल्दै आएकोमा वर्तमान राजनीतिक परिस्थिती र बदलिदो परिवेशमा पार्टीले अवलम्बन गरेको नीतिसँग असहमति जनाउँदै पार्टीबाट अलग भएको घोषणा गर्दछु’, विज्ञप्तीमा उल्लेख छ, ‘सामाजिक एवम् राजनीतिक परिवर्तनका उपलब्धीहरुलाई संस्थागत गर्नका निम्ति कम्यूनिष्ट बिचारले मात्र सम्भव हुने आफ्नो दृढ मान्यता व्यक्त गर्दै स्वतन्त्र रहेको घोषणा गर्दछु ।’
नागरिकबाट

Logo