रिलिज अगावै अवार्ड जितेको ‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक

रिलिज अगावै अवार्ड जितेको ‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक

केन्द्रबिन्दु
18
Shares

यही जेठ २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक भएको छ । नवीन सुब्बाको निर्देशनमा तयार भएको यो फिल्मको ट्रेलर बिहीबार सार्वजनिक गरिएको हो ।

ट्रेलरमा पूर्वी पहाडी क्षेत्रको एउटा दुर्गम गाउँमा सामान्य जीवनयापन गर्ने परिवारमा नव–निर्मित बाटोले ल्याएको उतार–चढावलाई देखाइएको छ। साथै बाँसको चोयाको काम गर्ने माइला, उसको छोरासँगको सुमधुर सम्बन्ध, गाउँमा बत्तीसँगै सडक बनेर पहिलो पटक गाडी पुग्दाको खुशीयालीसहित आधुनिक सुविधाहरूले जीवनपद्दतिमा ल्याएको परिवर्तनलाई पनि देख्न सकिन्छ।

फिल्ममा अभिनेता दयाहाङ राई, अभिनेत्री पशुपति राईका अलावा प्रेम सुब्बा, केशव राई, राज थापा, सुमित्रा राईको समेत अभिनय रहेको छ । मेन्छ्यायेम पिक्चर्स र बाँसुरी फिल्म्सको प्रस्तुति रहेको यस फिल्मले अन्तर्राष्ट्रिय फेस्टिभलहरूमा सहभागिता जनाएर अवार्ड जितिसकेको छ ।

Skip This
Skip This
Logo