तोलामा एक हजार आठ सयले घट्यो सुनको मूल्य

तोलामा एक हजार आठ सयले घट्यो सुनको मूल्य

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा नै रु एक हजार आठ सयले ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला सुन आज रु एक लाख ३६ हजार नौ सय निर्धारण भएको छ। बिहीबार छापावाला सुन तोलामा रु एक लाख ३८ हजार सात सयमा कारोबार भएको थियो।

यस्तै, तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ३८ हजार ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३६ हजार दुई सय ५० निर्धारण भएको छ।

त्यस्तै, चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ। बिहीबार तोलामा रु एक हजार आठ सय ६५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ५५ निर्धारण भएको छ।

Skip This
Skip This
Logo