कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

केन्द्रबिन्दु
27
Shares

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला अदालत धनुषाका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलाशले अध्यक्ष सिरोहियालाई आइतबारसम्मका लागि हिरासतमा राख्न अनुमति दिएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार नागरिकता सम्बन्धी कसुर गरेको आरोपमा पक्राउ पुर्जी जारी भएको कारण देखाएर सिरोहियालाई पक्राउ गरेको थियो । हाल उनी धनुषा प्रहरीको हिरासतमा छन् । यसअघि बुधबार अदालतले ३ दिनको समय दिएको थियो ।

शुक्रबार पुनः ५ दिन हिरासितमा राख्न सरकारी वकिल कार्यालयले अनुमति मागेकोमा अदालतले ३ दिनको समय मात्रै दिएको हो ।

Logo