विदेश भ्रमणमा व्यस्त गायक राजेशपायल, साइप्रसमा आज प्रस्तुति दिँदै

विदेश भ्रमणमा व्यस्त गायक राजेशपायल, साइप्रसमा आज प्रस्तुति दिँदै

केन्द्रबिन्दु
927
Shares

काठमाडौं । नेपाली सांगितिक क्षेत्रमा चर्चित र व्यस्त गायक राजेशपायल राई हाल विदेश भ्रमणमा व्यस्त रहेका छन्।

नेपालबाट केही दिन अगाडि आफ्नो प्रस्तुतिका लागि ओमान उडेका गायक राई ओमानको प्रस्तुति सकेर यतिबेला साइप्रस पुगेका छन्।

साइप्रस पुग्दा गायक राइलाई विमानस्थलमा किरात राई साइप्रसका अध्यक्ष नविन राइ, महासचिव रमा थुलुङ्, एसएन इन्टरटेनमेन्टका सुवाश मल्ल र गैर आवासीय नेपाली संघ साइप्रसका महासचिव दत्त पाण्डेले विमानस्थलमा भव्य स्वागत गरेका थिए।

किरात राई साइप्रसको आयोजनामा शनिबार(आज) हुने सांगितिक प्रस्तुतिमा गायक राइले आफ्ना चर्चित गीतहरू दर्शकमाझ प्रस्तुत गर्ने र साइप्रसमा रहेका नेपालीहरूलाई कार्यक्रममा आउनका लागि आग्रहसमेत गरेका छन्।

गायक राईको यो दोश्रो साइप्रस भ्रमण हो भने यसपछि उनी युएइको कार्यक्रममा सहभागी हुनेछन्।

Logo