सेञ्चुरी बैंकद्वारा वित्तीय साक्षरता अभियान

सेञ्चुरी बैंकद्वारा वित्तीय साक्षरता अभियान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

सरकारले सबै नागरिकलाई बैंक मार्फत कारोबार गराउने लक्ष्य लिएकोमा त्यसैलाई ध्यानमा राखी शुरु गरेको सबै नेपालीको बैंक खाता अभियानका साथै वित्तीय साक्षरताको महत्वलाई साथ दिदै सेञ्चुरी कमर्सियल बैंकले गाउँ गाउँमा साक्षरता अभियान शुरु गरेको छ ।

यसै क्रममा पनौती नगरपालिका र बेथानचोक गाउँपालिकालाई लक्षित गरेर बैंकले पनौतीमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा मुख्य विषयवस्तु सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान अन्तर्गतको व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा सम्बन्धी जानकारीका साथै डिजिटल वित्त सम्बन्धी जानकारीका दिएको थियो ।

बैंकले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत सो कार्यक्रममा २०० जना भन्दा बढीको सहभागी थियो । कार्यक्रमको उद्घाटन गर्दै पनौती नगरपालिकाका उपप्रमुख गीता बन्जाराले कृषि र पशुपालनलाई छनोट गरेर आएको सेञ्चुरी बैंकलाई नगरले समन्वय गरेर कार्यक्रम गर्ने प्रतिबद्धता जनाउँदै बैंक वास्तविक किसानसम्म पुग्न सक्नुपर्ने सुझाव दिनुभयो ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले सहुलियत कर्जा, बैंक खाता, बैंकले नागरिकलाई दिइरहेको सेवा प्रवाह लगायत ग्रामीण भेगका नागरिकसंग बैंकको पहुँच बढाउन गाउँ गाउँ सम्म वित्तीय साक्षरता अभियान शुरु गरिरहेको बताउनुभयो ।

Skip This
Skip This
Logo