‘खुस्मा’को छायांकन ४० दिनमै सकियो, असोज ३ गते रिलिज

‘खुस्मा’को छायांकन ४० दिनमै सकियो, असोज ३ गते रिलिज

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्म ‘खुस्मा’को छायांकन ४० दिनमा सकिएको छ।

पहिलो चरणमा मनाङमा छायांकन गरिएको फिल्मको दोस्रो चरणको छायांकन पूर्वी रुकुम र कास्कीमा गरिएको हो।

निर्माण पक्षका अनुसार फिल्मको एक गीत छायांकन गर्न बाँकी छ। मगर समुदायको परिवेशमा निर्माण गरिएको प्रेमकथामा आधारित फिल्मले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा अशोक थापा मगरको लेखन तथा निर्देशन छ। केही वृत्तचित्र निर्माण गरेका मगरको यो ‘डेब्यू’ निर्देशकीय फिल्म हो। निर्देशक थापाले नौं वटा विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवबाट अवार्ड प्राप्त गरिसकेका छन्।

फिल्मका निर्मातामा वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन र बेतान मगर तथा सह–निर्मातामा मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी छन्। मोहन राई कार्यकारी निर्माता रहेको फिल्ममा दिपक बज्राचार्यको छायांकन रहेको छ।

फिल्ममा धिरज र उपासनासँगै माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगरलगायतका कलाकारको अभिनय रहेको छ।

फिल्ममा एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रहेको छ। फिल्म असोज ३ गतेबाट नेपालसहित विदेशमा पनि एकसाथ रिलिज हुनेछ। फिल्मको वितरण गोविन्द शाहीको काफिया फिल्मस्ले गर्नेछ।

Skip This
Skip This
Logo