प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान कम्बोडियाका लागि प्रस्थान गरेका छन् । पाँच दिने भियतनाम भ्रमण सकेर प्रधानमन्त्री ओली आज कम्बोडियाका लागि प्रस्थान गरेका हुन् ।
भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा ओली वैशाख २६ गते त्यहाँ पुगेका थिए । भियतनाममा रहँदा प्रधानमन्त्री ओलीले भारत नेपाल व्यवसायी मञ्च, हो चि मिन्ह एकेडेमी अफ पोलिटिक्स र संयुक्त राष्ट्रसङ्घीय वैशाख दिवसलाई सम्बोधन गरेका थिए ।
कम्बोडिया प्रस्था गर्नु अघि प्रधानमन्त्रीले आफ्नो भियतनाम भ्रमण अत्यन्तै सफल र फलदायी रहेको बताएका छन् । अन्तर्राष्ट्रिय बुद्ध जयन्तीका अवसरमा ११२ राष्ट्रका प्रतिनिधिबीच बुद्धको जन्मस्थलको प्रतिनिधिको हैसियतले बुद्धका विचार, आदर्श र आजको दिनमा त्यसको सान्दर्भिकताको बारेमा विश्व समुदायलाई जानकारी दिएकोले यो भ्रमण सफल र सार्थक रहेको बताए ।
त्यस्तै भ्रमणले कूटनीतिक, आर्थिक, सांस्कृतिक, धार्मिक र अन्य बहुपक्षीय सम्बन्ध सुदृढ र सुमधुर हुने, व्यापार विस्तार हुने, नेपाली उत्पादनको निर्यात बढ्ने प्रधानमन्त्रीले बताए ।





























प्रतिक्रिया