प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता गराउँछौं- कांग्रेस

प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता गराउँछौं- कांग्रेस

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

कांग्रेस सभापति शेरबहादुर देउवाले मिडिया काउन्सिल सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक ल्याएर सरकारले स्वतन्त्र प्रेस र पत्रकारमाथि कु गर्न खोजेको आरोप लगाएका छन् । विधेयक हुबहु पारित भए त्यो संविधानको प्रस्तावनाकै विरुद्ध हुने उनले बताए । सरकारले २६ वैशाखमा संसदमा दर्ता गराएको यो विधेयकलाई संविधान विपरीत भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।

‘अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, समानता र न्याय लोकतन्त्रका आधारभूत पक्ष हुन् । यी कुनै पनि स्वतन्त्रतालाई कुनै बाहानामा रोक्न पाइँदैन,’ केन्द्रीय कार्यालय सानेपामा आइतबार आयोजित पत्रकार सम्मेलनमा देउवाले भने, ‘यो विधेयक पारित भए स्वतन्त्र प्रेस र पत्रकारमाथिकै कु हुनेछ ।

त्यसैले प्रेस स्वतन्त्रताविरोधी एउटा पनि प्रावधान राख्नु हुन्न । हामी यो विधेयक फिर्ता हुनुपर्छ भन्ने पक्षमा छौँ ।’ प्रेस जगतलाई नियन्त्रण गर्ने विषयलाई नमान्ने र समर्थन पनि नगर्ने उनको प्रस्टोक्ति थियो । सबै खालका राजनीतिक परिवर्तन, स्वतन्त्र प्रेस, आवधिक निर्वाचनसहितका प्रजातान्त्रिक व्यवस्थाका लागि आफूहरूले जेलनेल भोगेको भन्दै देउवाले स्वतन्त्रताका लागि फेरि पनि जेल जान तयार रहेको बताए ।
नयाँ पत्रिकाबाट

Logo