गणतन्त्र दिवसको अवसरमा गृहमन्त्री लामिछानेको घोषणा: महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु नपर्ने

गणतन्त्र दिवसको अवसरमा गृहमन्त्री लामिछानेको घोषणा: महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु नपर्ने

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको अवसरमा महिला ट्राफिकहरूले महिनावारीको ४ दिन सडकमा डिउटी गर्नु नपर्ने घोषणा गरेका छन्।

मंगलबार गृहमन्त्री लामिछानेले गणतन्त्र दिवसको अवसरमा महिला ट्राफिकहरूले महिनावारीको ४ दिन सडकमा डिउटी गर्नु नपर्ने घोषणा गरेका हुन्।

उनले आज फेसबुकमा लेखेका छन्:
गणतन्त्र दिवस अवसरमा शुभकामनासहित एउटा सानो प्रयास:
अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसेलगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ।

Skip This
Skip This
Logo