झापा,
कन्काई नदीको पुलमा बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने पुलमाथि शंकास्पद बस्तु फेला परेपछि आइतबार बिहानैदेखि राजमार्ग अवरुद्ध भएको छ ।
राजमार्ग अवरुद्ध हुँदा सयौंको संख्यामा यातायातका सवारीसाधन रोकिएका छन् । कन्काईमाइ नगरपालिका–२ स्थित कनकाई पुलको दायाँतर्फ तारले बेरिएको कुकर भेटिएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
मर्निङवाकमा निस्किएका मानिसले पुलमा शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । शंकास्पद वस्तुलाई प्रहरीले घेरा हालेर राखेको छ ।





























प्रतिक्रिया