नेपालगन्जमा लु चल्न थाल्यो : शनिबारको तापक्रम ४३.५ डिग्री

नेपालगन्जमा लु चल्न थाल्यो : शनिबारको तापक्रम ४३.५ डिग्री

केन्द्रबिन्दु
0
Shares

नेपालगन्ज,

नेपालगन्जमा विगत एक सातादेखि निरन्तर तातो हावा ‘लु’ चलिरहेको छ । शनिबार वर्षकै सर्वाधिक गर्मी महसुस गरिएको यहाँको तापक्रम ४३ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ ।

जल तथा मौसम विज्ञान विभाग नेपालगन्ज कार्यालयका अनुसार विगत एक सातादेखि ३९ देखि ४३.५ डिग्रीसम्म तापक्रम पुगेको हो । शुक्रबार ४३ डिग्री तापक्रम रहेको नेपालगन्जमा शनिबार यो वर्षकै सर्वाधिक तापक्रम ४३ दशमलव ५ डिग्री सेल्सियस मापन भएको हो । न्यूनतम् तापक्रम भने २२.३ डिग्री सेल्सियस मात्र छ ।

लु चल्न थालेपछि यहाँको जनजीवन प्रभावित भएको छ । दिउँसो आवत जावत घटेको छ । घरमै बस्दा पनि पंखाले समेत तातो हावा फाल्ने गरेको छ । गर्मी बढ्दै गएकाले नेपालगन्जमा दहीको लस्सी, उखुको जुस, आइसक्रिम, बदामसेक जस्ता पेय पदार्थ र खरबुझा, तरबुझा, काँक्राको बजार बढेको छ ।

‘नेपालगन्जमा सात दिनदेखि पश्चिमी तातो हावा (लु) चलिरहेको छ । न्यूनतम तापक्रम पनि बढेकाले रातिको समयमा पनि गर्मी हुनेछ’, हावापानी फिल्ड कार्यालयका प्रमुख अखिलेशप्रसाद चौरसियाले भने, ‘शनिबार नेपालगन्जमा यो वर्षकै सबैभन्दा बढी तापक्रम मापन गरियो । जुन अघिल्ला वर्षको यही अवधिको तापक्रम भन्दा धेरै हो । अझै तापक्रम बढ्ने देखिन्छ ।’
अन्नपूर्णबाट

Skip This
Skip This
Logo