काठमाडौं,
आईपीएल क्रिकेट खेल्न भारतमा रहेका नेपाली युवा खेलाडी सन्दीप लामिछाने आज नेपाल आउने भएका छन् ।
भारतमा जारी आईपीएलको दोस्रो क्वालिफायरमा उनको टिम दिल्ली क्यापिटल्स चेन्नाई सुपरकिंग्ससँग पराजित भएसँगै सन्दीपको पनि आईपीएल यात्रा सकिएको थियो ।
गत सिजनमा आईपीएलमा डेब्यू गरेका सन्दीपले यस पटक चाँडै नै मौका पाएका थिए । २०१८ को आईपीएलमा अन्तिमका तीन खेल खेलेका सन्दीपले यस पटक सुरुको तेस्रो खेलमै टिममा स्थान बनाएका थिए । यस पटक उनले समग्रमा ६ खेलमा प्लेयिङ सेटमा स्थान बनाउँदा ८ विकेट लिएका थिए ।





























प्रतिक्रिया