काठमाडौं । आचारसंहिता उल्लंघन गरे अनलाइन सुचीकरण रद्द हुने भएको छ । प्रेस काउन्सिल नेपालले पटक–पटक सचेत गराउँदा पनि पत्रकार आचारसंहिता पालना नगर्ने अनलाइन सञ्चारमाध्यमहरूको सूचीकरण रद्द गर्ने भएको हो ।
प्रेस काउन्सिल नेपाल अन्तर्गत आचारसंहिता अनुगमन उपसमितिको केही दिनअघि बसेको बैठकले यस्तो निर्णय गरेको सहप्रशासकीय अधिकृत दीपक खनालद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । अनलाइन पत्रकारितालाई मर्यादित र जिम्मेवार वनाउनका लागि प्रेस काउन्सिल नेपालले यस्तो गर्न लागेको हो।
































प्रतिक्रिया