काठमाडौं । दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा भएको छ। दरबार हत्याकाण्डमा तत्कालीन राजा विरेन्द्रको वंशनाश भएको थियो। उक्त हत्यकाण्ड छानविन गर्न तत्कालीन सभामुख तारानाथ रानाभाटको नेतृत्वमा उच्चस्तरीय छानविन समिति बनेपनि विश्वसनीय प्रतिवेदन दिन सकेन। दरबार हत्याकाण्डका बारेमा अहिले पनि अनेकौं अनुमान लगाईन्छ।
रिपोर्टर्स क्लब नेपालले तत्कालीन समयमा दरबारको नजिक मानिएका डा। सुन्दरमणि दीक्षितसँग अन्तरक्रिया गरेको छ। सो क्रममा क्लबका सभापति ऋषि धमलाले राजा विरेन्द्रसँग आफ्नो भेटलाई स्मरण गरे। उनले उक्त हत्याकाण्ड अहिलेसम्म रहस्यकै गर्भमा रहेको भन्दै छानविनको माग गरे।
‘त्यो हत्याकाण्ड त्यसै भएको छैन। छानविन गर्नुपर्छ। दरबार हत्याकाण्ड कसरी भयो, कसले गर्यो रु किन गर्यो रु छानविन गर्नुपर्छ। उच्चस्तरीय समिति पहिला पनि बन्यो। तरानाथ रानाभाट अहिले पनि हाम्रो सामू हुनुहुन्छ। माधव नेपालले समितिमा बस्न मान्नुभएन,’ धमलाले भने।
नागरिक समाजका अगुवा डा सुन्दरमणि दीक्षितले राजा विरेन्द्रलाई असल र नम्र व्यक्तिको रुपमा सम्झिए। उनले दरबार हत्याकाण्ड दिपेन्द्रले नै गराएको दाबी गरे। उनले दरबार हत्याकाण्ड हुनुको मुख्य कारण दिपेन्द्रको लभ अफयर नै रहेको दाबी गरे।
दरबार हत्याकाण्डलाई उनले यसरी सम्झिए, ‘त्यो दिन शुक्रबारको दिन थियो। राज परिवारको जमघट हुने दिन थियो। त्यहाँ दिपेन्द्रले कम्ब्याट ड्रेस लगाएर आएर गोली हानेको छ। राजा विरेन्द्रलाई गोली हानिसकेपछि अरुलाई हान्दै गए, फेरि फर्किएर आएर राजा मरेका छन् कि छैनन् रु हेरको छ। त्यो बेलासम्म राजाको स्वर्गीय भएको थिएन। त्यसबेलामा राजाको शीर उहाँको बहिनी ९शोभा० को काखमा राखेर उहाँको बहिनीले हेरविचार गरिराख्नुभएको थियो। त्यसबेलामा दिपेन्द्र आएर फेरि गोली हानेर हत्या भएको छ। यो हत्या दिपेन्द्रले गरेको हो। कारण सबैलाई थाहा छ, कारण लभ अफयर नै हो। बिहेको सम्बन्ध हो। दिपेन्द्रको मुकुटधारी मान्छे आयो भने। त्यो होईन। दिपेन्द्रले वंशनास गरेको हो।’
त्यसबेलाको राजनीतिक नेतृत्व पूरै प्यारालाइज हुँदा छानविन हुन नसकेको उनको भनाइ छ। दिपेन्द्रले हत्या गरेको कुरामा विवाद नरहेको दाबी गर्दै उनले ज्ञानेन्द्रको परिवारलाई केही नहुनुको रहस्यसमेत खुलाए। ज्ञानेन्द्र घटना हुनुभन्दा केही दिनअघि नै पूर्वनिर्धारित कार्यक्रमअनुसार बाहिर गएको बताए। घटना भएपछिमात्रै ज्ञानेन्द्रलाई सो बारेमा उनकी आमाले फोनमार्फत जानकारी गराएको उनको दाबी छ। ज्ञानेन्द्रको श्रीमती कोमल सो घटनामा घाइते भएको उनले बताए। सो घटनामा कोमलको मृत्यु नहुनुमा एउटी राजकुमारी गोली लागेर ढलेपछि त्यसमाथि कोमल र कोमलमाथि पुन अर्की राजकुमारी ढल्दा उनीलाई केही नभएको बताए।
‘दिपेन्द्रले गोली हान्दै जाँदा एकपछि अर्को ढल्दै गए। एउटा दिदी ढलिन्, त्यसमाथि कोमल ढलिन र अर्की राजकुमारी पनि त्यहीमाथि ढल्दा उनी बचिन्। आजको दिनसम्म पनि पूर्वराजी कोमलको छातीमा गोली छ। त्यो निकाल्न सकिएको छैन। त्यो निकालियो भने उनको मृत्यु हुनसक्छ,’ दीक्षितले भने।
दिपेन्द्रको लभ अफयर चलिरहँदा उनको पक्षमा निराजन र पारस रहेको दीक्षितको दाबी छ। अरु सबै परिवार रानीको पक्षमा रहेकाले दिपेन्द्रले छानीछानी गोली हानेको उनले बताए। पारसलाई दिपेन्द्रले नै छाडेको उनको भनाइ छ। दिपेन्द्रले सबै जनालाई मारेपछि निराजन जाइलाग्दा उनलाई पनि मारेको दीक्षितले दाबी गरे।
अहिले एडीसीले के हेरेर बसेको भन्ने प्रश्न आइरहेको भन्दै उनले राजपरिवारको जमघटमा कुनै एडीसी छिर्न नपाउने बताए। विरेन्द्रका निकट रहेका तत्कालीन एडीसी सुन्दर रानामगरले विरेन्द्रलाई हस्पिटल पुर्याएको उनले बताए। विरेन्द्रको वंशनाशपछि अहिलेसम्म आइपुग्दा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएपनि अब देशले यसलाई धेरै दिन झेल्न नसक्ने उनले बताए। गणतन्त्र आउँदा आफूले पनि दीप प्रज्वलन गरेको स्मरण गराउँदै उनले अब यो व्यवस्था फ्क्नुपर्ने अवस्था आइपुगेको बताए।































प्रतिक्रिया