ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेको छ। दक्ष प्राविधिक जनशक्ति उत्पादनमा सघाउने उद्देश्यले गाउँपालिकाले छात्रवृत्तिको व्यवस्था गरेको हो।
गाउँपालिकाले विगत तीन वर्ष देखि विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको पाथीभरा याङवरक गाउँपालिकाका शिक्षा शाखाप्रमुख लाप्साङ तामाङले बताए। गाउँपालिकाले चालु आर्थिक वर्षमा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ। गाउँपालिका भित्र विज्ञान विषय पठनपाठन हुँदैन।
विज्ञान विषय पढ्न गाउँपालिका बाहिर जानुपर्ने अवस्था छ। विद्यार्थीले प्राप्त गरेको अङ्कको आधारमा एक शैक्षिक सत्रमा २० हजारदेखि ६० हजारसम्म छात्रवृत्ति प्रदान गरिने शिक्षा शाखाले जनाएको छ। चालु आर्थिक वर्षका लागि गाउँपालिकाले पाँच लाख विनियोजन गरेको शाखाप्रमुख तामाङले बताए।































प्रतिक्रिया