अमेरिकाका लागि नेपाली राजदूत कार्कीको कार्यकाल थप

अमेरिकाका लागि नेपाली राजदूत कार्कीको कार्यकाल थप

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीको कार्यकाल थप गरिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजदूत कार्कीको कार्यकाल थप्ने निर्णय गरेको हो । अर्को व्यक्ति राजदूत नियुक्त नहुँदासम्मका लागि कार्कीको कार्यकाल थप गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

कार्की २०७१ साल माघ ३ गते अमेरिकाका लागि राजदूत सिफारिश भएका थिए । पाँच वर्षअघि तत्कालीन नेकपा एमाले कोटाबाट अमेरिकाका राजदूत नियुक्त भएका कार्कीसहितले मन्त्रीसरहको सुवा सुविधा पाईरहेका छन् । गत फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले कार्की र चीनका लागि राजदूत लीलामणि पौडेललाई मन्त्रीसरहको सुविधा दिने निर्णय गरेको थियो।

Skip This
Skip This
Logo