प्रमुख विपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलक्षित दिएको अभिव्यक्तिमा प्रधानमन्त्रीको जवाफ मागेका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस महामन्त्री थापाले गृहमन्त्री लामिछानेले विदेशीलाई सूचना बेचेकोसम्बन्धी लगाएका आरोपहरूको अपनत्व प्रधानमन्त्रीले नै लिनुपर्ने भन्दै जवाफ मागेका हुन् । गृहमन्त्रीले संसदमा विदेशी एसेट रहेको भन्ने वाक्य संवेदनशील रहेको बताउँदै यो भनाईलाई कांग्रेसले सामान्य रुपमा नलिने स्पष्ट गरे ।
‘कि त प्रधानमन्त्रीले संसदमा आएर भन्नु पर्यो कि गृहमन्त्रीले बोलेका कुरामा मेरो पनि सहमति छ, हैन भने संसदको रेकर्डबाट हटाउछु भनेर भन्न सक्नु पर्यो । हिसाब किताब लिन्छौं र यहि संसदमा लिन्छौं ।’ उनले भने ।





























प्रतिक्रिया