अभौतिक सांस्कृतिक सम्पदामा नेपाल धनी छ, संरक्षणमा जुटौं: मन्त्री तामाङ

अभौतिक सांस्कृतिक सम्पदामा नेपाल धनी छ, संरक्षणमा जुटौं: मन्त्री तामाङ

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल अभौतिक सांस्कृतिक सम्पदामा धनी देश भएकाले यसको संरक्षणमा प्रभावकारी भूमिका निर्वाह गर्न आवश्यक रहेको बताएका छन्।

आइतबार अभौतिक सांस्कृतिक सम्पदा संरक्षणको आवधिक प्रतिवेदन तयारी सम्बन्धी राष्ट्रिय परामर्श गोष्ठीलाई सम्बोधन गर्दै उनले जनसङख्याको हिसाबले नेपाल सानो भएतापनि अरु ठूला मुलुकमा सम्भव नभएका सांस्कृतिक सम्पदाहरु पाउन सकिने बताए। सोही कारण अभौतिक सांस्कृतिक सम्पदा संरक्षणमा नेपालको जिम्मेवारी र दायित्व अरुको भन्दा बढि हुने बताए।

‘अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धि महासन्धिलाई नेपाल १५ जुन २०१० मा अनुमोदन गरेको हो। हाल १८३ राष्ट्रिहरुले यसलाई अनुमोदन गरिसेकका छन्। विश्वको अन्य धेरै जनसङख्या भएका ठूला राष्ट्रहरुसँग तुलना गर्दाखेरी पनि हामी साना र्छौं भन्ने लाग्छ तर भौगोलिक रुपले साना भएपनि हाम्रो नेपाल अभौतिक सांस्कृतिक सम्पदाको हिसाबले ज्यादै धनी देश हो, ’उनले. भने,‘किनकी भौगोलिक, जातीय र भाषिक रुपले जसरी विविधता बाँडिएको छ। त्यो विविधता यति धेरै सांस्कृतिक सम्पदाहरु पाउन सक्छौं कि जो अरु ठूला मूलुकमा सम्भव हुँदैन्। यिनै विविधताका कारण अभौतिक सांस्कृतिक सम्पदामा धनी र समृद्धशाली मुलुक हो। त्यसैले पनि हाम्रो जिम्मेवारी र दायित्व अरुको भन्दा बढि हुन्छ।’

उनले सूचना, संकलनका आधारमा सामुहिक सहभागिताबाटै अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धि प्रतिवेदन तयार गरी पेस गरिने भएकाले सबै प्रतिनिधिहरुलाई सक्रिय सहभागिताका लागि आग्रह गरे।

Skip This
Skip This
Logo