डाक्टरबाट एक मोडल बलात्कृत, भिडियो बनाएर ब्ल्याकमेल गर्दै

डाक्टरबाट एक मोडल बलात्कृत, भिडियो बनाएर ब्ल्याकमेल गर्दै

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । मुम्बईमा एक मोडल तथा अभिनेत्रीमाथि बलात्कार गरेको आरोप डाक्टर पक्राउ परेका छन् । २१ वर्षीया मोडल तथा अभिनेत्रीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले ५५ वर्षीय डाक्टरलाई पक्राउ गरेको हो । पक्राउ पर्ने डाक्टरको परिचय खुलाईएको छैन् ।

मोडलको एक सिरियलमा काम गर्ने बेला डाक्टरसँग चिनजान भएको थियो । ति मोडल साथीबाट डाक्टरसँग परिचित भएकी थिईन् । परिचित भएपछि उनी उपचारको लाथि तिनै डाक्टरकहाँ गईन् । डाक्टरले वर्सोवामा मोडललाई एउटा घर पनि दिएका थिए ।

अनुसन्धानको क्रममा डाक्टरले मोडलको अकाउन्टमा केही पैसा पनि पठाएका थिए । डाक्टरले उनका केही आपत्तिजनक तस्बिर खिचेका थिए । त्यही फोटोको आडमा डाक्टरले आफूलाई ब्ल्याकमेल गर्ने गरेको आरोप लगाइन् ।

यस्तै पुलिसका अनुसार बलात्कारपछि डाक्टरले पीडितलाई यसबारे कसैलाई पनि नभन्न दबाब दिएका थिए । यसबारे कसैलाई जानकारी दिए तस्बिर भाइरल गरिदिने धम्की दिने गरेका थिए ।

Skip This
Skip This
Logo