दिल्ली क्यापिटल्स इण्डियन प्रिमियर लिगको फाइनल नजिक पुगेको छ । गएराती एलिमिनेटमा सनराइजर्स हैदरावादलाइ २ विकेटले पराजित गर्दै दिल्लीले चेन्नाइसंगको दोस्रो एलिमिनेट भिडन्त पक्का गरेको हो ।
अब शुक्रवार खेलिने दिल्ली र चेन्नाइविचको खेलको विजेता फाइनलमा प्रवेश गर्नेछ । गएराती पहिलो ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ६२ रनको मध्यम स्कोर खडा गर्यो ।
हैदरावादलाई कम स्कोरमा रोक्ने क्रममा किमापलले तीन विकेट लिएका थिए । हैदरावादकालागि मार्टिन गप्तिलले ३६, मनिस पाण्डेले ३० र कप्तान केन विलियमसनले २८ रनको योगदान गरेका थिए ।
जवाफमा दिल्लकालागि फेरी एकपटक युवा ब्याट्सम्यान रिसभ पन्तले विष्फोट ब्याटिङ गर्दै दिल्लीको जित सहज बनाए । पन्तले २१ बलमा ४९ रनको योगदान गरेका थिए । उनले पाँच छक्का प्रहार गरेका थिए । त्यस्तै, अर्को युवा ब्याट्सम्यान पृथ्वीशाहले ५६ रनको योगदान गरे ।
यो खेलमा पनि नेपाली युवा स्पिनर सन्दिप लामिछानेलाई दिल्लीले बेन्चमा राखेको थियो ।





























प्रतिक्रिया