काठमाडौं । आइसीसी टी-२० विश्वकपमा आज दुई खेल हुँदै छन्। आज पहिलो खेलमा नामिबिया र ओमान खेलिरहेका छन्।
बार्बाडोसस्थित केनसिंगटोन ओभल स्टेडियममा हुने यो खेलमा नामेबियाले टस जितेर पहिला बलिङ् गरिरहेको छ।
दुवै बीच अहिलेसम्म ६ टी-२० खेल भएका छन्। जसमा नाम्बियाले ६ खेल जितेको छ भने ओमानले २ खेलमा जित हासिल गरेको छ।
त्यस्तै, आज दोस्रो खेल श्रीलंका र दक्षिण अफ्रिकाबीच खेल हुँदै छ। न्युयोर्कस्थित नास्साउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल राति ८: १५ बजेदेखि सुरु हुने छ।
श्रीलंका र दक्षिण अफ्रीकाबीच अहिलेसम्म १७ टी-२० खेल भएका छन्। जसमा दक्षिण अफ्रिकाले अहिलेसम्म १२ खेल जितेको छ भने श्रीलंकाले ५ खेलमा जित हासिल गरेको छ।





























प्रतिक्रिया