काठमाडौं,
वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै कुनै उद्योग/व्यवसाय सुरु गर्न चाहने एक हजार युवालाई एनएमबी बैङ्कले एक वर्षमा एक अर्ब रुपियाँ लगानी गर्ने भएको छ । युवालाई स्वदेशमै स्वरोजगारको वातावरण तयार गर्न सहज कर्जा प्रवाहका लागि यस्तो व्यवस्था गर्न लागिएको हो ।
राष्ट्रिय युवा परिषद्को पहलमा बैङ्क, रिटर्नी माइग्रेण्ट नेपाल (वैदेशिक रोजगारीबाट फर्केका युवाको संस्था) र परिषद्बीच मङ्गलबार त्रिपक्षीय सम्झौता भएको छ । परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेल, बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र रिटर्नी माइग्रेण्ट नेपालका अध्यक्ष उत्तम अधिकारीले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।
रिटर्नी माइग्रेण्ट नेपालको सिफारिसमा परिषद्ले परामर्श तथा तालिम दिने र बैङ्कले ऋण उपलब्ध गराउने सहमति भएको छ । नेपाल सरकारले ल्याएको सहुलियतपूर्ण कर्जाको प्रभावकारी कार्यान्वयन र युवालाई उत्पादनसँग जोड्दै स्वरोजगारका अवसर सिर्जना गर्न सहयोग पु¥याउने उद्देश्यका साथ यो सम्झौता गरिएको बताइएको छ ।





























प्रतिक्रिया