बाबुरामले उपेन्द्रसँग आत्मसमर्पण गरेको नयाँ शक्तिका असन्तुष्ट नेताको आरोप

बाबुरामले उपेन्द्रसँग आत्मसमर्पण गरेको नयाँ शक्तिका असन्तुष्ट नेताको आरोप

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

संघीय समाजवादी पार्टी र नयाँ शक्तिबीचको पार्टी एकता सम्मानजनक नभएको भन्दै नयाँ शक्तिमा रहेका एक दर्जन नेताले असन्तुष्टि जनाएका छन् ।

पार्टीभित्र एकताको विधिका विषयमा छलफल र बहस नै नगराई हठात एकता प्रक्रियामा सहभागी भएको असन्तुष्ट पक्षको आरोप छ । असन्तुष्ट नेताले डा. बाबुराम भट्टराईलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेका छन् ।

कृषि विज्ञसमेत रहेका नयाँ शक्तिका नेता मदन राईको ललितपुर ढोलाहिटी निवासमा बुधबार बसेको असन्तुष्ट नेताको भेलाले बाबुरामलाई ज्ञापनपत्र बुझाउने निष्र्कष निकालेको भेलामा सहभागी नेता नारायण तिवारीले जानकारी दिए ।

‘पार्टी एकता गर्दा लोकतान्त्रिक अभ्यास भएन, नयाँ शक्तिले उठाएका ५ ‘स’ को एजेण्डाको सम्बोधन भएन, संगठनात्मक एकता पनि सम्मानजनक, सन्तुलित र न्यायोचित भएन,’ नयाँ शक्तिका केन्द्रीय सदस्य नेता तिवारीले भने, ‘यस विषयमा बाबुराम भट्टराईलाई लिखित ज्ञापनपत्र बुझाउने निर्णयमा हामी पुगेका छौं ।’

भेलामा पूर्वमन्त्रीसमेत रहेकी नेतृ कल्पना धमला, देवेन्द्र पराजुली, तीन नम्बर प्रदेश इन्चार्ज रहेका सोनामसिंह स्याङतान, कर्णाली संयोजक रामबहादुर बोहोरा, रामरिझन यादव, भक्तबहादुर साह, पूर्वसभासद् ज्ञानेन्द्र कुमाल लगायत नेता सहभागी थिए ।

उनीहरुले एकीकृत पार्टीको नाम, झण्डा र चुनाव चिन्ह पनि फोरमकै लिएको र नेतृत्वका सवालमा पनि उपेन्द्रलाई कार्यकारी भूमिका दिएर आफू सेरोमेनियल मात्र बनेको भन्दै असन्तुष्टि जनाएका थिए।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo