काठमाडौं । मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली विवादमा तानिए । सांसदहरुले राखेको प्रश्नको उत्तर दिन रोष्टममा उभिएका बेला दिएको अभिव्यक्तिका कारण विवादमा तानिएका हुन् ।
प्रश्नको जवाफ दिनुअघि रोष्टममा उभिएर प्रधानमन्त्री ओलीले फ्याट्ट भनिहाले, ‘आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको वास्ता नगरी प्रश्नको जवाफ प्रस्तुत गर्छु ।’
‘निम्छरा’ शब्द प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई पचेन । कांग्रेसले विरोध जनाईहाल्यो । जसका कारण संसद बैठकनै प्रभावित बन्य पुग्यो ।
आखिर किन कांग्रेस यो शब्दप्रति निकै आक्रोशित बन्यो त ? के यो शब्दको अर्थ नराम्रै लाग्छ र ? नेपाली शब्द कोषले ‘निम्छरा’ शब्दको अर्थ उल्लेख गरेको छ ।
‘निम्छरो’ भन्नाले निम्नस्तर, धन बृद्धी, विद्या आदि सबै कुराबाट नाजुक स्थितिको, कमजोर भन्ने बुझाउँछ । त्यस्तै यो शब्दले दुब्लो, पातलो, निर्बलियो हुन्छ ।
उक्त शब्दको प्रधानमन्त्री ओलीले राष्ट्रियसभा बैठकमा जवाफ दिएका छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा प्रश्नकर्ता माननीयको बोलाइलाई लिएर अलिकति कमजोर शब्दलाई निम्छरो भनेको प्रतिक्रिया दिएका हुन् ।
प्रधानमन्त्री ओलीले यो लगायत यस्ता शब्दहरु बेला बेला प्रयोग गर्दै आएका छन् । जसका कारण उनी विवादमा पर्ने गरेको पाईन्छ ।





























प्रतिक्रिया