जेठ ३ मा दुई वर्षाको भिडन्त

जेठ ३ मा दुई वर्षाको भिडन्त

केन्द्रबिन्दु
0
Shares

नेपाली रजतपटमा एउटै नाम गरेका कलाकारको संख्या निकै कम छ । यस्तै एउटै नाम गरेका दुई नायिका हुन् वर्षा राउत र वर्षा सिवाकोटी । यस्तो संयोग जुर्यो वर्षा राउत र वर्षा सिवाकोटीको हकमा । नाम मात्र एउटै नभएर यी दुई नायिका नै ‘क्युट’ नायिकाको रुपमा समेत परिचित छन् ।

तर, बारम्बार वर्षा राउत र वर्षा सिवाकोटीको मनमुटावको चर्चाले मिडिया नै तताउने गर्दछ । नेपाली रजतपटमा उनीहरुको सम्बन्ध र मनमुटाव भएको हल्ला चलिरहदा उनीहरु भने आफुहरुबीच मनमुटाव नै नभएको बताँउदै आएका छन् ।

आउँदो जेठ ३ गते वर्षा राउत अभिनित चलचित्र ‘जात्रै जात्रा’ र वर्षा सिवाकोटी अभिनित चलचित्र ‘विर बिक्रम २’ एकसाथ प्रतिस्पर्धामा उत्रिदैछ । अर्थात एकसाथ भिड्दैछ । चलचित्र ‘जात्रै जात्रा’ चलचित्र ‘जात्रा’ को सिक्वेल हो भने चलचित्र ‘विर विक्रम २’ पनि चलचित्र ‘विर विक्रम’ को सिक्वेल हो ।

चलचित्र ‘विर विक्रम २’ मा वर्षा सिवाकोटी, नाजिर हुसेन र पल शाह मुख्य भूमिकामा छन् । यस चलचित्रलाई मिलन चाम्सले निर्देशन तथा निर्माण गरेका हुन् । साथै चलचित्र ‘जात्रै जात्रा’ मा भने वर्षा राउत, विपिन कार्की, रविन्द्र झा, राजाराम पौडेल, दयाहाङ राई, रविन्द्र सिंह बानिया लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

सिवाकोटी र राउत आफूहरुलाई एकअर्काको प्रतिश्प्रर्धीको रुपमा लिने गर्दछन् । त्यसैले गर्दा एकजनाले छोडेको चलचित्र अर्कोले साइन गर्न हरदम तयार नै रहन्छन् ।

हिट चलचित्रको तुलनामा भने नायिका वर्षा राउत, नायिका वर्षा सिवाकोटी भन्दा सफल देखिन्छिन् । ‘छक्का पञ्जा २’ र ‘जात्रा’ राउतको हिट चलचित्र हो भने ‘पशुपती प्रसाद’ सिवाकोटीको हिट चलचित्रमा पर्दछ । तर ‘पशुपती प्रसाद’ मा सिवाकोटीको एउटा पनि संवाद छैन् ।
केही महिना अघि वर्षा सिवाकोटी र खगेन्द्र लामिछानेले छोडेको चलचित्र ‘गोपी’ लाई वर्षा राउत र विपिन कार्कीले साइन गरेका थिए । त्यसैले पनि उनीहरुलाई एउटै पर्दामा देखिने सम्भावना निकै कम छ । तर, उनीहरुले एउटा तीजको म्युजिक भिडियोमा भने सँगै काम गरेका छन् ।

चलचित्र ‘जात्रै जात्रा’ र ‘विर विक्रम २’ आउँदो जेठ ३ गते देखि सिनेमा हलमा एकसाथ भिड्न तयार छ । यी दुई चलचित्रले एक आपसमा हल बाड्ने भएका हुन् । अब कुन वर्षाको चलचित्र एक कदम अगाडि रहन्छ त्यो भने प्रतिक्षाको विषय बनेको छ ।

Logo