रास्वपाका सांसद क्रिकेट टोलीको जर्सी लगाएर संसद भवन पुगेपछि…

रास्वपाका सांसद क्रिकेट टोलीको जर्सी लगाएर संसद भवन पुगेपछि…

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर संसद भवन पुगेका छन्।

मंगलबार बिहान ११ बजेका लागि बोलाएको प्रतिनिधि सभाको बैठकमा सहभागी हुन् रास्वपाका सांसदहरू राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर संसद भवन पुगेका हुन्।

उनीहरू आज अमेरिकामा हुन लागेको विश्वकप टी-२० अन्तर्गत नेपाल र नेदरल्याण्डबीचको खेलमा नेपालको समर्थनका लागि टोलीको जर्सी लगाएर संसद भवन पुगेका हुन्।

बैठक पूर्व उनीहरूले सामूहिक तस्बिर खिचाउँदै आफूहरूले नेपाली टोलीको समर्थनका लागि सो जर्सी लगाएको बताए।

नेपाल र नेदरल्याण्डबीचको खेल आज राति ९:१५ बजेदेखि सुरू हुँदैछ।

Skip This
Skip This
Logo