टी–२० विश्वकपअन्तर्गत नेपालले आज पहिलो खेल नेदरल्याण्डविरुद्ध बेलुकी सवा ९ बजे अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा खेल्दैछ । एक दशकपछि दोस्रो पटक विश्वकप खेलिरहेको नेपालले आज नेदरल्याण्डविरुद्ध पहिलो खेल खेल्दै छ । नेदरल्याण्डस् नेपाल भन्दा निकै बलियो र संगठित टोली भएकाले आजको खेल नेपालले जित्न कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, करण केसी र सोमपाल कामी चम्किनु बाहेक अन्य विकल्प छैन ।
यदि कुशल, दीपेन्द्र, करण र सोमपालमध्ये एक खेलाडी मात्रै पनि आजको खेलमा चम्किएको खण्डमा नेपालले पहिलो खेलमा सहजै जित प्राप्त गर्ने छ ।
१. कुशल भुर्तेलः नेदरल्याण्ड्सविरुद्ध टी–२० आई क्रिकेटमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी हुन् कुशल भुर्तेल । उनले अहिलेसम्म डच टोलीविरुद्ध ६ टी–२० आई खेल्दै १३९ को स्ट्राइक रेटमा तीन अर्धशतकको मद्दतमा २ सय ३३ रन बनाएका छन् । यसर्थ आजको खेलमा यदि कुशल भुर्तेलले आफ्नो लय समातेको खण्डमा नेदरल्याण्ड्सविरुद्ध कुशल एक्लैले रनको बर्ष गर्न सक्ने छन् । नेदरल्याण्ड्सविरुद्ध कुशलले सन् २०२१ मा ७७ रनको उच्च योगफल बनाएका थिए ।
२. दीपेन्द्र सिंह ऐरीः नेदरल्याण्ड्सविरुद्ध टी–२० क्रिकेटमा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी दीपेन्द्र सिंह ऐरी हुन् । उनले हालसम्म नेदरल्याण्ड्सविरुद्ध ६ टी–२० आई इनिङ खेल्दै १८४ को स्ट्राइक रेटमा २ अर्धशतकसहित १८४ रन बनाएका छन् । कुशल सस्तैमा आउट भएको अवस्थामा दिपेन्द्रले आज चामत्कारिक प्रदर्शन गर्ने आशा नेपाली खेल प्रेमी दर्शकहरुले गरेका छन् । दीपेन्द्रले नेदरल्याण्ड्सविरुद्ध यसैवर्षको फेब्रअरीमा ६३ रन बनाएका थिए।
३. करण केसीः बलिङतर्फ नेदरल्याण्ड्सविरुद्ध नेपालका लागि सर्वाधिक सफल बलर करण केसी हुन्। करणले हालसम्म डच टिमविरुद्ध १२ टी–२० आई खेल्दै ८.०४ को इकोनमीमा १६ विकेट लिइसकेका छन् । नेदरल्याण्ड्सविरुद्ध करणले को उत्कृष्ट बलिङ स्पेल २० रन दिएर ४ विकेट लिनु हो । नेदरल्याण्ड्सविरुद्ध करण केसी नेपालका लागि सबैभन्दा किफाइती र विकेट टेकर बलर हुन् । यदि आज करण केसीले आफ्नो उत्कृष्ट स्पेल प्रर्दशन गर्न सकेको खण्डमा नेपालले नेदरल्याण्ड्सलाई सस्तैमा समेट्न सक्छ । पछिल्ला केही खेलमा करण निकै पिटिरहेका कारण नेदरल्याण्ड्सविरुद्ध उत्कृष्ट लय समात्न सकेमा नेपाललाई निकै फाइदा पुग्ने छ ।
४. सोमपाल कामीः नेपाली टोलीमा रहेका खेलाडीहरुमध्ये सबैभन्दा अनुभवी खेलाडी हुन् सोमपाल कामी । पारस खड्काको नेतृत्वमा सन् २०१४ को पहिलो विश्वकप र हाल रोहित पौडेलको नेतृत्वमा दोस्रो विश्वकप खेल्न अमेरिका गएका सोमपालको अनुभव आज नेपाली खेलाडीहरुका लागि बरदान साबित हुने छ । टोलीलाई चाहिएको बेला बल र ब्याट दुवैबाट भरपुर सहयोग गर्न सक्ने अलराउण्डर सोमपालले नेपाललाई हारको मुखबाट धेरै पटक बचाएका छन् । उनको सोही प्रदर्शन आजको खेलमा प्रेल प्रेमी दर्शकहरुले आशा गरेका छन् ।
सोमपालले नेदरल्याण्ड्सविरुद्ध ३ टी–२० आई खेल्दै ३.८५ को इकोनमीमा ५ विकेट लिएका छन् । नेदरल्याण्ड्सविरुद्ध धेरै खेल नखेलेता पनि सोमपालसँग धेरै अन्तर्राष्ट्रिय टोलीविरुद्ध खेलेको अनुभव छ । सोही अनुभव आजको खेलमा देखिए नेपालले सकारात्कम नजिजा निकाल्न सक्नेछ ।





























प्रतिक्रिया