म्यानचेष्टर सिटी प्रिमियर लिगको उपाधी नजिक

म्यानचेष्टर सिटी प्रिमियर लिगको उपाधी नजिक

केन्द्रबिन्दु
0
Shares

म्यानचेष्टर सिटी इङलिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । गएराती घरेलु मैदानमा लेष्टर सिटीको चुनौती एक–शून्य गोलले पन्छाउदै सिटी लिगको पहिलो स्थानमा मात्र उक्लिएन, लिग जित्न आफुलाइ बलियो स्थानमा पनि पुर्यायो ।

सिटीको जितमा कप्तान भिन्सेन्ट कोम्पनीले खेलको ७०औं मिनेटमा उत्कृष्ट गोल गरे । २५ यार्ड टाढाबाट प्रहार गरेको कोम्पनीको शटले गोलपोष्टको दिशा लिँदा सिटीको जित निश्चित भएको थियो ।

जितसँगै सिटीको ३७ खेलबाट ९५ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको त्यति नै खेलबाट ९४ अंक पुगेको छ । इङलिस प्रिमियर लिगको इतिहासमा दुइ टोलीविच उपाधीका लागि यस्तो प्रतिस्पर्धा यसअघि कहिलै भएको थिएन ।

अब यो सिजनको लिगमा एक खेल बाँकी रहेको छ । आफ्नो अन्तिम खेलमा सिटी ब्राइटनसँग भिंड्दैछ भने लिभरपुल वुल्भ्ससँग खेल्दैछ । यसपटकको लिगमा ९५ अंक हासिल गर्दासमेत उपाधी जित्न सम्भावना रहेन ।

Logo