एमाले अध्यक्ष ओलीलाई गगनले प्रधानसेनापति भनेपछि…

एमाले अध्यक्ष ओलीलाई गगनले प्रधानसेनापति भनेपछि…

केन्द्रबिन्दु
165
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानसेनापतिको संज्ञा दिएका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा सरकारले ल्याएको आगामी वर्षको बजेट छलफलमा बोल्दै महामन्त्री थापाले अहिले आएको बजेट ओलीलाई लक्षित गर्दै प्रधानसेनापतिले नै आफ्नो नभएको बताएका छन्।

उनले भने, ‘२०८०/८१ को बजेटमा गरिएको घोषणाको जिम्मा कसले लिन्छ थाहा छैन। अहिले आएको बजेटमा गठबन्धनको मुख्य दल एमालेका जर्साब, कर्साबहरूले के भन्नुभयो भन्ने मेरो धेरै टिप्पणी छैन। तर, प्रधानसेनापतिले नै यो बजेट हाम्रो होइन, रंग मिल्दैन भनेपछि यसको स्वामित्व कसले लिन्छ ? सत्ता घटकको मुख्य दलले जिम्मा नलिएपछि अन्य दलमाथि टिप्पणी गर्नु छैन।’

Skip This
Skip This
Logo