दुई बर्षिय बालकको निर्मम हत्या

दुई बर्षिय बालकको निर्मम हत्या

केन्द्रबिन्दु
0
Shares

धनुषामा एक बालकको हत्या भएको छ। धनुषाको मिथिला नगरपालिका-६, ढल्केवरबाट सोमबार साझँ शम्भु साहका साढे २ वर्षीय छोरा आर्यन साह बेपत्ता भएका थिए। आर्यनको शव मंगलबार बिहान फेला परेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

आधा घाँटी काटेको अवस्थामा शव फेला परको छ। बालक हराएपछि छिमेकी र गाउँले मिलेर खोजी सुरु गरेका थिए। बालकको घाँटी रेटेर निर्ममतापूर्वक हत्या भएको पाइएपछि अपहरण गरेर हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

बालक हराएपछि छिमेकी र गाउँले मिलेर खोजी शुरु गरेका थिए। बालक नभेटिएपछि अभिभावकले बालक हराएको जानकारी इलाका प्रहरी कार्यालय ढल्केवरलाई गराएका थिए।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरीसहित गाउँलेले बालकको खोजी सोमबार रातिबाटै गरेका थिए। तर, बालक फेला परेका थिएनन्। खेतबारीतिर जान सक्ने भन्दै त्यसतर्फ पनि खोजी गरिएको थियो। तर राती खोज्दा बालक फेला परेका थिएनन्।

तर, मंगबार बिहान राति नै खोजिएकै ठाउँ घर नजिकैको खेतमा उनको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक सरोज राईले बताए ।

Logo