‘गौरवका आयोजनाहरू राजनीतिक लाभका लागि मात्र’

‘गौरवका आयोजनाहरू राजनीतिक लाभका लागि मात्र’

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले राजनीतिक लाभका लागि राष्ट्रिय गौरवका आयोजनाहरु घोषणा गरेको आरोप लगाएकी छिन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले स्रोतको सुनिश्चितता नगरी राष्ट्रिय गौरवका आयोजनाहरु घोषणा गरेर जनमानसमा विकासप्रति नै अविश्वास हुन थालिसकेको बताइन्।

उनले भनिन्,‘हामीसँग राष्ट्रिय गौरवका आयोजनाहरु धेरै छन्। तर सामाजिक, आर्थिक मुल्याङ्न नगरिएका आयोजनाहरुमात्र छन्। राजनीतिक लाभका लागि राष्ट्रिय गौरवका आयोजनाहरु समेत घोषणा गरिदिन्छन्। स्रोतका सुनिश्चितता नगरी यस्ता घोषणा गरेर जनमानसमा विकासप्रति नै अविश्वास पैदा थालिसकेको छ।’

उनले बिना आधारमा पूर्वाधारको लगानी गरेर राज्यको अर्वौ रकम खेर गइरहेको भन्दै आवश्यक र आधारभुत पूर्वाधारको आवश्यकतामा काम नहुँदा जनताले दुःख पाएको टिप्पणी गरिन्।

Skip This
Skip This
Logo