काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारदेखि दक्षिणपूर्वी एसियाली मुलुक भियतनाम र कम्बोडियाको भ्रमण गर्दैछन् । भियतनामका प्रधानमन्त्रीको निमन्त्रणामा त्यसतर्फ जान लागेका प्रधानमन्त्री ओलीको भ्रमणलाई लिएर कूटनीतिक क्षेत्रका विज्ञले भने प्रश्न उठाएका छन् ।
नेपालसँग औपचारिक कूटनीतिक सम्बन्ध रहेका दुई मुलुकको भ्रमणबाट नेपाललाई खासै फाइदा नभए पनि प्रधानमन्त्रीले उच्च महत्व दिएको भन्दै विज्ञहरूले यसको औचित्यमाथि प्रश्न उठाएका हुन् ।
‘राज्यकोषको ढुकुटी खर्च गरेर विदेश भ्रमण गर्दा मुलुकको कूटनीतिक महत्व र प्राथमिकताका विषयमा प्रस्ट हुनुपर्छ,’ पूर्वराजदूत एवं कूटनीतिक मामिलाका जानकार जयराम आचार्यले भने । जनताको करबाट खर्च गर्नुपर्ने भएकाले त्यसको औचित्य पुष्टि गर्नुपर्ने आचार्य बताउँछन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण महत्वपूर्ण रहेकाले त्यस्ता भ्रमणप्रति कसैले प्रश्न नउठाएको बताए । तर प्रधानमन्त्री ओलीको भियतनाम र कम्बोडिया भ्रमण भने महत्वपूर्ण नभएको उनको भनाइ छ ।
लामो समयदेखि एउटै व्यक्तिले लामो समयसम्म तानाशाही व्यवस्था सञ्चालन गरिरहेको मुलुकमा नेपालका प्रधानमन्त्रीको भ्रमण हुनु राष्ट्रिय लज्जाको विषय भएको उनको तर्क छ । नेपालमा आयोजना गरिएको एसिया प्यासिफिक सम्मेलनको कुनै महत्व नभएजस्तो प्रधानमन्त्रीको दुई मुलुकमा हुन लागेको भ्रमणको पनि कुनै महत्व नरहेको उनी बताउँछन् ।
नागरिकबाट





























प्रतिक्रिया