बालेनलाई ओलीको व्यङ्गात्मक जवाफ: भैँसीको ढाडमा झिँगा बस्दा चार लात हानेँ भनेर दङ्ग परेको हुन्छ

बालेनलाई ओलीको व्यङ्गात्मक जवाफ: भैँसीको ढाडमा झिँगा बस्दा चार लात हानेँ भनेर दङ्ग परेको हुन्छ

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरका मेयर बालेन शाहलाई भैँसीको ढाडमा झिँगा बस्दा चार लात हानेँ भनेर दङ्ग परेको हुन्छ भनेर व्यङ्गात्मक जवाफ फर्काएका छन्।

शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले मेयर बालेनले भैँसीको ढाडमा झिँगा बस्दा चार लात हानेँ भनेर दङ्ग परेको हुन्छ भनेर व्यङ्गात्मक जवाफ फर्काएका हुन्।

उनले भने, ‘भैँसीको ढाडमा झिँगा बस्यो कि के बस्यो, थाहा पनि पाएको हुँदैन, झिँगा दङ्ग परेको हुन्छ, चार लात हानेँ भनेर! म कसैसँग अनावश्यक ढंगको विवादमा पर्न चाहन्नँ।’

मेयर बालेनले केही दिन अगाडि समाजिक सञ्जालमा अध्यक्ष ओली गिरिबन्धु जग्गा प्रकरणमा मुछिएको भन्दै पीडितहरूको पैसा फर्काउनका लागि चेतावनी दिएका थिए। बालेनले पीडितहरूको पैसा नफर्काए कोही अर्को राजनीतिमा आएर सो फाइल पल्टाउने ओलीलाई जेल पठाउने चेतावनी दिएका थिए।

Logo