केन्द्रबिन्दु बुलेटिन : नेकपा स्थायी कमिटी बैठक पुष १ गतेसम्मका लागि स्थगित (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : नेकपा स्थायी कमिटी बैठक पुष १ गतेसम्मका लागि स्थगित (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँच वटा समाचार प्रस्तुत गर्ने गरेका छौं । आजका प्रमुख पाँच समाचारहरु मध्ये आइतबार बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पुष १ गते सम्मका लागि स्थगित भएको छ । आज केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक–प्रस्ताव पारित गर्दै पुष १ गते सम्मका लागि बैठक स्थगित गर्ने निर्णय गरेको हो । यस्तै कमानसिंह प्रकरणसँग जोडिएका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको विषयले पनि पार्टी बैठकमा स्थान पाएको थियो ।

यसअघि सरकारले गरेको बाचा पूरा नभएपछि सर्लाहीका उखु किसानहरु पुनः काठमाडौं आइपुगेका छन् । उनीहरूले आइतबारदेखि माइतीघरमा शान्तिपूर्ण प्रदर्शनका साथ उखुको भुक्तानीका लागि गुनासो पोख्न थालेका छन् । चिनी मिल सञ्चालकबाट वक्यौता रकम नपाएपछि यसअघि पनि किसानले काठमाडौंमा आन्दोलन गरेका थिए । सरकारले उक्त रकम उठाइदिने बाचा गरेपनि पूरा नभएपछि उनीहरुले आइतबारदेखि फेरि माइतीघर मण्डलामा धर्ना सुरु गरेका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले आइतबारबाट ५८ जना खेलाडीसहित विश्वकप छनोट तयारीस्वरुप बन्द प्रशिक्षण सुरु गरेको छ । आगामी चैत १२ गते चाइनिज ताइपेईसँग, चैत १७ गते अस्टेलियासँग र जेठ २४ गते जोर्डनसँग हुने प्रतिस्पर्धाको तयारी स्वरुप बन्द प्रशिक्षण शुरु गरिएको एन्फाले जनाएको छ ।

कोरोना संक्रमणको जोखिम रहेको भन्दै नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अझै दुई महिना नखुल्ने भएको छ । लामो समय बन्द रहेको सेवा तत्काल खुलाउँदा धेरै सेवाग्राहीको भीड लाग्ने र संक्रमण फैलन सक्ने भन्दै यातायात व्यवस्था विभागले तत्काल नखुलाउने जानकारी गराएको हो । तथापि, सवारी तालीम केन्द्रहरूले भने अनुमतिपत्र चाँडै खुल्ने भन्दै प्रशिक्षण दिइरहेका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेता अनुपस्थित हुने भएपछि संवैधानिक परिषद्को बैठक कोरम नपुगेर स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान ९ बजेका लागि परिषदको बैठक बोलाएका थिए । तर विपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २९ मंसिरको प्रदर्शन अगाडि बस्ने बैठकमा नआउने सन्देश शनिबार पठाएपछि बैठक नबसेको हो ।

Logo