चलचित्र ‘सानो मन’ को गीत सार्वजनिक भएको छ । यो चलचित्रको ‘रानु कम्मर’ बोलको गीत सार्वजनिक भएको हो । रोमन बज्रचार्य, सिमा राई र सुयोग गुरुङको स्वर रहेको उक्त गीतमा रबि मल्ल र रोमन बज्रचार्यको शब्द रहेको छ भने कल्याण सिंह र रोमन बज्रचार्यकै संगीत रहेको छ ।
गीतमा नायिका शिल्पा मास्के र नायक आयुषमान देशराज जोशी फिर्चड छन् । चलचित्र सानो मनमा आयुषमान देशराज जोशी, शिल्पा पोखरेल, गौरी मल्ल, गौरव पहाडी, कृष्णभक्त मर्हजन, लक्ष्मी भुषाल, रश्मी भट्ट लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
सुयोग गुरुङ निर्देशित चलचित्र सानो मन लाई मिलन श्रेष्ठ र सुयोग गुरुङले सम्पादन गरेका हुन् भने उक्त चलचित्रलाई आलोक शुक्रले खिचेका हुन् । यो चलचित्र असार २० गतेदेखि देशभर प्रदर्शन हुँदैछ ।































प्रतिक्रिया