आईएसटी कलेजका विद्यार्थीद्वारा भव्यरुपमा ‘वेलकम वण्डर्स इभेन्ट’ आयोजना

आईएसटी कलेजका विद्यार्थीद्वारा भव्यरुपमा ‘वेलकम वण्डर्स इभेन्ट’ आयोजना

केन्द्रबिन्दु
30
Shares

इन्टरनेसनल स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (आईएसटी) कलेजमा अध्ययन गरिरहेका विद्यार्थीले भब्य रुपमा ‘वेलकम वण्डर्स इभेन्ट’ आयोजना गरेका छन् । तेस्रो सेमेस्टरमा अध्ययन गरिरहेका विद्यार्थीले शुक्रबार आफ्नो जुनियर विद्यार्थीलाई लक्षित गर्दै यो कार्यक्रमको आयोजना गरेका हुन् ।

आईएसटीकै प्रांगणमा विहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा विद्यार्थीहरुको सांस्कृतिक नृत्य, गायन प्रतिभालाई पनि प्रष्फुटन गराउने मौका दिइएको थियो । साथै यसपटक डिजे पनि समावेश गरिएको थियो । यस कार्यक्रमका लागि विद्यार्थीहरु आफैंले विभिन्न कार्यक्रम गरेर आर्थिक स्रोत जुटाएका थिए । विद्यार्थीले कुनै फाइदाका लागि भन्दा पनि आफ्नो कोर्ष अन्तर्गत अनिवार्य रुपमा प्राक्टिकल गर्नुपर्ने भएकाले यो कार्यक्रम आयोजना गरेका हुन् । विद्यार्थीहरुले कार्यक्रममा कसरी आफ्नो भूमिका निर्वाह गरिरहेको छ भन्ने कुराको व्यवहारबाट नै पछि प्राक्टिकलमा मूल्यांकन हुने कार्यक्रमकी कार्यकारी निर्देशक लाक्पाडोल्मा लामाले जानकारी दिइन् ।

कार्यक्रमको प्रमुख अतिकिा रुपमा उपस्थित कलेजकी प्रिसिन्सपल सम्झना बस्न्यातले आजको कार्यक्रमबाट जुनियर विद्यार्थीले केही सिक्ने र भविष्यमा यस्तै कार्यक्रम आयोजना गर्न सफल हुने विश्वास व्यक्त गरिन् ।

त्यस्तै, कार्यक्रममा उपस्थित विद्यार्थीहरुलाई स्वागत गर्दै कलेजका प्रमुख कार्यकारी निर्देशक (सिईओ) नरेन्द्र बज्राचार्यले कार्यक्रमबाट मनोरञ्जन लिँदै उचित लाभ लिन आग्रह गरे । धेरै कडा मिहिनेत पश्चात आईएसटी तेस्रो सेमेस्टरका विद्यार्थी यस सफलतासम्म पुगेको र यति मनोरञ्जनात्मक कार्यक्रम गर्न सफल भएको भन्दै प्रशंसा पनि गरे ।

Logo