किष्ट कलेजद्वारा तीन दिने इन्टर कलेज ‘किष्ट ह्याकफेष्ट– २०२४’ आयोजना

किष्ट कलेजद्वारा तीन दिने इन्टर कलेज ‘किष्ट ह्याकफेष्ट– २०२४’ आयोजना

केन्द्रबिन्दु
42
Shares

काठमाडाैंकाे कमलपाेखरीमा रहेकाे किष्ट कलेजले तीन दिने इन्टर कलेज ‘किष्ट ह्याकफेष्ट– २०२४’ आयोजना गरेको छ । कलेजले ‘किष्ट ह्याकफेष्ट पहिलो पटक आयोजना गरेको हो । ‘टेक फर टुमोरो’ नाम दिइएको ३ दिने ह्याकफेष्टमा एआइएमएल सफ्टवेयर, हेल्थ टेक, एजुकेशन, सस्टेन्सएबल टेकलगायत विभिन्न प्रोजेक्टमा विद्यार्थीहरुले काम गरिरहेका छन् ।

आयोजक विद्यार्थी रोमिना देउजाका अनुसार यो कार्यक्रम नेपालभरका विद्यार्थीहरुका लागि अवसर सिर्जना गर्नका साथै व्यक्तिगत मात्रै नभएर व्यवसायिक रुपमै विद्यार्थीले आफूलाई सक्षम बनाउन गरिएको हो । ‘किष्ट ह्याकफेष्ट– २०२४’ आयोजना गर्नुको मुख्य उद्देश्य ह्याकफेष्टमा बनाइएका प्रोजेक्टहरु वास्तविक जीवनमा पनि प्रयोगमा ल्याउनु रहेको उनकाे भनाई छ ।

यस्तै, किष्ट कलेजका विआइटी प्रोग्राम को–अर्डिनेटर तथा हेड अफ एड्मिसन एण्ड स्टुडेन्ट सर्विसेज दिपक खड्काका अनुसार ‘किष्ट ह्याकफेष्ट– २०२४’ आयोजना गर्नुको मुख्य उद्देश्य नेपालमा आइटी क्षेत्रमा निकै विकास भइसकेको र आइटी पढ्न चाहने विद्यार्थीहरुले उत्कृष्ट शिक्षा हासिल गर्न सक्ने देखाउनका लागि यस्तो कार्यक्रम आयोजना गरेको बताए ।

३ दिन चल्ने ह्याकाथनमा २० भन्दा बढी समूहको सहभागिता रहेको छ । आयोजक किष्ट कलेज र काठमाडौंमा रहेका विभिन्न आइटी कलेज सफ्टवेरिका, सेन्ट जेभियर्स, न्यु समिट, लर्ड बुद्ध एजुकेशनलगायत थुप्रै कलेजका विद्यार्थीहरुको सहभागिता रहेको छ । आयोजकका अनुसार ‘किष्ट ह्याकफेष्ट– २०२४’ मा सहभागी भएकामध्ये पहिलो हुने विद्यार्थीहरुले ३० हजार रुपैयाँ र ४० हजार भन्दा बढी मूल्यका गिफ्टह्याम्परहरु पाउने छन् । यस्तै, दोस्रो हुने विद्यार्थीले २० हजार र तेस्रो हुने विद्यार्थीले १० हजार रुपैयाँ र गिफ्ट ह्याम्परहरु पाउने छन् ।

यसैगरी ‘किष्ट ह्याकफेष्ट– २०२४’ मा सहभागि विभिन्न कलेका विद्यार्थीहरुले आफूहरु निकै उत्साहित भएकाे र कलेजले यस्तो अवसर दिएकोमा धन्यवाद व्यक्त गरे ।

Logo