काठमाडौं
नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले समाजवादलाई गन्तव्य मानेर संघीय समाजवादी फोरमसँग पार्टी एकता गर्न लागेको बताएका छन् ।
भट्टराईले साम्यवाद सम्भव नभएको तर्क गर्दै बलियो विकल्पको रुपमा समाजवाद स्थापना गर्ने उदेश्यका साथ दुई पार्टीबीच एकता हुन लागेको बताए ।
भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच सोमबार (आज) एकिकरणपछि ‘समाजवादी पार्टी, नेपाल’ नामको पार्टी बनाउने लिखित सहमती भइसकेको छ ।
भट्टराईले कम्युनिस्ट पार्टीहरुको संगठन संचालन प्रणाली त्रुटीपूर्ण रहेको उल्लेख गर्दै त्यसलाई सच्याउन जरुरी रहेको बताए । नेतृत्वमा दुई जना रहने गरी एकता हुन लागेको सो पार्टीको मुख्य लक्ष्य मुलुकमा समाजवाद स्थापना रहेको उनले स्पष्ट पारे ।































प्रतिक्रिया