भिर मौरीको मह खाँदा १० जना बिरामी, दुईको अवस्था गम्भीर

भिर मौरीको मह खाँदा १० जना बिरामी, दुईको अवस्था गम्भीर

केन्द्रबिन्दु
0
Shares

धादिङ

धादिङको उत्तरी भेग रुविभ्याली गाउँपालिका– ४ बोराङमा भिर मौरीको मह खाँदा १० जना बिरामी भएका छन् । बिरामी पर्नेमा २० वर्षीय हिमाल विक, ५२ वर्षीय नोप्चा लामा, ६२ वर्षीय च्याजोम तामाङ, २४ वर्षीय लालु विक, १५ वर्षीया सुष्मा तामाङ, १६ वर्षीय मे लामा तामाङ, ५५ वर्षीय कान्छा लामा तामाङ, हन्दिङ निवासी ३५ वर्षीय तेसमान तामाङ, ४२ वर्षीया मेञ्जित माया तामाङ र ५२ वर्षीय चोकबहादुर तामाङ रहेका छन् ।

बिरामी मध्ये तेसमान र कान्छा लामाको अवस्था गम्भीर रहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार उनीहरुलाई उपचारका लागि हेलिकप्टरको सहायताले काठमाडौँ लगिएको छ । सामान्य बिरामी परेका अन्य आठ जनाको बोराङ स्वास्थ्य बिन्दुमा उपचार भइरहेको छ ।

Logo